केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अस्ट्रेलिया पहिलो जितको प्रतीक्षामा रहँदा ट्युनिसियाको अपराजित लक्ष्य

सहयात्रा टिभी

काठमाडाै । मंसिर १०, कतारमा जारी फिफा विश्वकप फुटबलमा शनिबार दिउँसो ट्युनिसिया र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।

समूह ‘डी’ अन्तर्गत हुने खेलमा ट्युनिसिया अपराजित रहँदै पहिलो जितको प्रतीक्षामा रहँदा अस्ट्रेलिया भने नकआउटको सम्भावना कायम राख्न निश्चित जितका लागि मैदानमा उत्रिँदैछ। ट्युनिसिया पहिलो खेलमा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलियाविरुद्ध उत्साही छ।

कम्तीमा अस्ट्रेलियालाई हराएर समूहबाट नकआउटको बलियो दाबेदारी दिने प्रयास गर्नेछ। अस्ट्रेलिया भने पहिलो खेलमा फ्रान्ससँग पराजित भएकाले पहिलो जितसहित नकआउटको झिनो आसाका लागि पनि जित्नु पर्ने दवाव एसियन टोलीलाई रहने छ।

अस्ट्रेलिया आफ्नो पहिलो खेलमा साविक च्याम्पियन फ्रान्ससँग ४-१ ले पराजित भएको थियो। यो समूहमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहँदा ट्युनिसिया १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। डेनमार्क १ अंकसहित तेस्रो तथा अष्ट्रेलिया अंकविहीन रहेको छ। त्यसैले दोस्रो चरणको खेलपछि नकआउटको परिदृश्य केही क्लियर हुनेछ।

ट्युनिसिया र अस्ट्रेलियाबीच अहिलेसम्म दुई खेल हुँदा दुवैले समान एक-एक खेलमा जित निकालेका छन्। त्यसैले यी दुई टिम आफ्नो तेस्रो भिडन्तमा आफू बलियो रहेको सन्देश दिन पनि मैदानमा उत्रिने छन्।

 

प्रकाशित : 26 November, 2022

प्रतिक्रिया दिनुहोस्