केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेम्वाङ उम्मेदवार रहेको इलाम–२ मा रोकियो मतगणना

सहयात्रा टिभी

इलाम । मंसिर १०, इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ ।

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । सो वडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि छन् । उनी त्यसअघिको वडामा १६ मतले पछि परेका थिए ।

प्रकाशित : १० मंसिर २०७९, शनिबार २१:११

प्रतिक्रिया दिनुहोस्