पाकिस्तानमा तालिबान समूहद्वारा युद्धविराम भंग

सहयात्रा टिभी

एजेन्सी । मंसिर १३, पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ ।

उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ । गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।

उसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘वार्ता प्रक्रियामा अवरोध नहोस् भनेर हामी लगातार संयम भयौं तर सेना र गुप्तचरबाट हामीमाथि आक्रमण रोकिएन । त्यसैले अब हामी पनि जवाफी आक्रमण सुरु गर्नेछौं ।’

प्रकाशित : 29 November, 2022

प्रतिक्रिया दिनुहोस्