कांग्रेसले पनि टुंगो लगायो ३० जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले पनि ३० जिल्लाका लागि प्रतिनिधिसभाका उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले पहिलो चरणमा हुने चुनावमा ३२ मध्ये ३० जिल्लाको टुंगो आज लगाएको हो । कांग्रेसले गोरखा क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई, र गोरखाको क्षेत्र नम्बर १ मा नयाँ शक्तिले कांग्रेसका चीनकाजी श्रेष्ठको नाम तय भएको छ । त्यस्तै सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई कांग्रेसले सघाउनेछ भने त्यसको सट्टामा सिन्धुपाल्चोक १ मा राप्रपा प्रजातान्त्रिकले कांग्रेसलाई सघाउने सहमती भएको छ । सिन्धुपाल्चोक १ मा कांग्रेसबाट अहिलेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेत उम्मेद्वार बन्ने भएका छन् ।

प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार :
ताप्लेजुङ – केशव दाहाल
संखुवासभा –दीपक खड्का
भोजपुर –उमेशजंग रायमाझी
खोटाङ –सरस्वती बजिमय
सोलुखुम्बु – बलबहादुर केसी
ओखलढुंगा –रामहरि खतिवडा
सिन्धुपाल्चोक १ –मोहनबहादुर बस्नेत
दोलखा –रुद्र खड्का
रामेछाप –कान्छाराम तामाङ
नुवाकोट १ –डाक्टर रामशरण महत
नुवाकोट २ –अर्जुननरसिंह केसी
धादिङ १ – विश्व अर्याल
धादिङ २ –दिलमान पाख्रिन
लमजुङ –दिलबहादुर घर्ती
मनाङ –टेकबहादुर गुरुङ
म्याग्दी –खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
बाग्लुङ १ – चम्पादेवी खड्का
बाग्लुङ २ –निरज पुन
रुकुम पूर्व –गोपालजीजङ्ग शाह
रुकुम पश्चिम –वीरबहादुर ओली
रोल्पा –अमरसिंह पुन
जाजरकोट –राजीवविक्रम शाह
बझाङ –पृथ्वीबहादुर सिंह
कालीकोट –भूपेन्द्रजंग शाही
हुम्ला –मंगल शाही
जुम्ला –देवेन्द्र शाही
दार्चुला –विक्रम सिंह
मुगु –हस्तबहादुर मल्ल
डोल्पा –अंगद बूढा
बाजुरा –कबिराज पण्डित
बैतडी –नरबहादुर चन्द

 

प्रकाशित : 21 October, 2017

प्रतिक्रिया दिनुहोस्