राष्ट्रिय कफी दिवस आज

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६,आज राष्ट्रिय कफी दिवस मनाइँदै छ । मङ्सिर १ गते नै दिवस मनाइने गरिए पनि यसपालि चुनावका कारण आज मनाउन लागिएको हो ।

नेपालमा कफी उत्पादन हुने जमिनको क्षेत्रफल हरेक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमिनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१र७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८र७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ ।

तर, खेती बढे पनि यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७१र७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

२०७८र७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको छ । बोर्डका सूचना अधिकारी दीपक खनालले माटोको कमजोर उर्बराशक्ति तथा गुणस्तरीय बीउ र मलको अभावमा उत्पादकत्वमा सुधार हुन नसक्दा जमिनको क्षेत्रफल बढेअनुसार उत्पादन बढ्न नसकेको बताउनु भएको छ ।

 

प्रकाशित : 2 December, 2022

प्रतिक्रिया दिनुहोस्