नेपाललाई आइसीसी क्रिकेट विश्वकप लिग टू खेल्न निम्तो

काठमाडौं । मंसिर १६ ,आइसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नामिबिया पुगेको नेपालले घरेलु टोलीविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ ।
युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । नेपाली टिममा तीव्र गतिका बलर करण केसी, हरिशंकर शाह र नन्दन यादव बेञ्चमा रहेका छन् ।
नेपालको प्लेइङ ११ स् रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी ।