धनुषामा जन्ती बोकेको जीप दुर्घना, ५ को मृत्यु

जनकपुर । मंसिर १७, धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।
एसपी रजौरेका अनुसार मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् जसमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छिन्। अन्यको परिचय खुलेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।