आज ताइवानमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९,ताइवानको पूर्वी तटमा आज बिहीवार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि धेरै हल्का परकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ।

ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको विभागले जनाएको हो ।अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले भने यो भूकम्प ५ दशमलव ९ रेक्टर स्केलको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले बताउनु भएको रोयटर्सले जनाएको छ । भूकम्पपछि अहिलेसम्म आठ वटा परकम्पन गएको रोयटर्समा उल्लेख छ ।

आउँदो तीन दिनमा थप परकम्प आउने अनुमान रहेको चेन कुओ–चाङले बताउनु भएको छ । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू नरोकिएको जानकारी दिएका छन् ।

दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा भूकम्प गरिरहन्छ ।गएको सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । यसमा परि एक जना व्यक्तिको ज्यान गएको थियो भने केही भवन भत्किएका थिए ।

 

प्रकाशित : 15 December, 2022

प्रतिक्रिया दिनुहोस्