निर्वाचनमा सेना परिचालनका गर्न राष्ट्रपतिको पनि स्वीकृति

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा निकायसँग समन्वयात्मक हिसावले सेना परिचालन गरि मतदाताहरुले ढुक्कका साथ आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि मन्त्रिपरिषद्ले सोमबार नै सिफारिस गरेको थियो ।

सोहि मन्त्रिपरिषद्को सिफारिस वमोजिम नै राष्ट्रपतिले संविधानको धारा ६६ को उपदफा २ बमोजिम प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन गर्न आज स्वीकृति दिएकी हुन् ।

प्रकाशित : 25 October, 2017

प्रतिक्रिया दिनुहोस्