आसाममा चितुवाको आक्रमण बाट ३ कर्मचारी सहित १३ जना घाइते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सि । पुस १३, भारतमा आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा ३ वनकर्मी पनि छन्।
जोरहाटका एसपी मोहनलाल मीनाका अनुसार चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त छन्। उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।’
घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी मीनाले बताए । चिकित्सकका अनुसार घाइते सबै खतरामुक्त छन् ।