त्रिशूलीमा फेरि ट्रक खस्यो, चालकको मृत्यु

सहयात्रा टिभी

धादिङ । त्रिशुली नदीमा रात्री बस खस्दा ३१ जनाको ज्यान गएको घटना सेलाउन नपाउदै धादिङ बेनिघानट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो मुग्लिङबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर त्रिशूलीमा खस्दा घाइते भएका चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।
सहचालक हेटौंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ ।

प्रकाशित : 29 October, 2017

प्रतिक्रिया दिनुहोस्