केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेट्रोलियम पदार्थको बचत अर्थतन्त्र जोगाउने विकल्प : सम्पादकीय

सहयात्रा टिभी

सहयात्रा सम्पादकीयः रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ अकासिएको छ। रूसले दिनमा १० करोड ब्यारेल कच्चा तेल उत्पादन गर्छ। उसले अरू देशलाई नदिई स्टक राखेको छ। युरोपका अन्य देशले पनि पर्याप्त मात्रामा आपूर्ति गरेका छैनन्। विश्व बजारमा पेट्रोलियमको माग बढेको देखिन्छ। आपूर्ति कम छ। माग र आपूर्तिको तालमेल नमिल्दा अन्तर्राष्ट्रिय बजारमा भाउ अझै बढ्न सक्ने देखिन्छ। बढ्दो रुस–युक्रेन संकटले नेपालको इन्धन बजारमा प्रभाव परिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको पदार्थको तालमेल मिल्न नसक्दा देशको अर्थतन्त्र निकै कठिन अवस्थाबाट गुर्जेको छ । यो कठिन अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाइराख्न र विश्व परिवेसमा सृजित समस्यासँग लड्न निकै कडा मिहिनेत गर्नु पर्ने हुन सक्छ । अमेरिकी बैंक जेपी मोर्गनमा कार्यरत अर्थशास्त्रीहरुले विश्व बजारमा कच्चा तेलको मूल्य ३५० अमेरिकी डलर प्रतिब्यारल पुग्ने प्रक्षेपण गरेसँगै विश्वको अर्थतन्त्र र अर्थशास्त्रीहरुको होस उडेको छ ।

यो वर्षको अधिकांश समय लगातार बढिरहेको छ। यो संकटले पहिले नै तनावमा रहेको विश्वव्यापी आपूर्ति र विश्वभर कम भण्डारण स्तरमा थप दबाब दिन्छ।’ छिमेकी भारतले आफ्नो कच्चा तेलको दुई प्रतिशत मात्र रूसबाट आयात गर्छ। जसले गर्दा आपूर्तिमा अवरोध आउने सम्भावना कम हुन्छ। यद्यपि, देश विश्वव्यापी मूल्यवृद्धिका लागि संवेदनशील छ। अमेरिका र उसका सहयोगीहरूले युक्रेनमा सेना जम्मा गरेपछि रूसमाथि प्रतिबन्ध लगाए। यसले कच्चा तेलको विश्वव्यापी आपूर्तिलाई असर गर्नेछ, मूल्य बढ्ने छ। यदि द्वन्द्व बढ्यो र रूसले तेल निर्यात घटाएर वा निलम्बन गरेर अमेरिका र युरोपेली प्रतिबन्धविरुद्ध बदला लियो भने यो मूल्य अझ छिटो बढ्न सक्छ।

चालु आर्थिक वर्षको ११ महिनाको आयात तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थले नेपालको अर्थतन्त्रलाई कसरी च्यापेको छ भन्ने बुझ्न कठिन छैन । नेपालले साउन १ गतेदेखि जेठ ३१ गतेसम्ममा १७ खर्व ६३ अर्व २२ करोड ३० लाख ९६ हजार मूल्य बराबरको वस्तु तथा सेवा आयात गरेको देखिन्छ । उक्त परिमाणमा पेट्रोलियम पदार्थ र त्यसबाट उत्पादन भएका अन्य बस्तु गरेर ४ खर्ब रुपैयाँ बराबरको आयात भएको देखिन्छ । वर्षको सुरुवातमा निकै राम्रो मूल्यमा रहेको पेट्रोलियम प्रोडक्ट रसिया–युक्रेन युद्धसँगै आकाशिएको थियो ।

पेट्रोलियम पदार्थको आयातमा खर्च भएको रकमलाई हेर्ने हो भने हामीले विगत ११ महिनामा ६२ अर्व ९१ करोड मूल्य बराबरको ६ लाख ७८ हजार ६७२ किलोलिटर पेट्रोल आयात गरेका छौं । जुन अघिल्लो वर्षको तुलनामा १ लाख ३९ हजार किलोलिटरले बढी हो । तर, आयात रकममा भने झण्डै दोब्बर बढी हो ।

त्यसैगरी मट्टीतेल १ अर्व ४३ करोड रुपैयाँ मूल्य बराबरको आयात भएको छ भने हवाई इन्धन १२ अर्व ८८ करोड मूल्य बराबरको आयात भएको छ । घर–घरमा खाना पकाउने ग्यासको आयात ९६ अर्व १६ करोड मूल्य बराबरको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चालु आवको ११ महिनामा १ खर्ब ४५ अर्व २१ करोड मूल्यको डिजेल मात्रै आयात भएको देखिन्छ ।

 

वार्षिक करिब ३० अर्वको विटुमिन आयात हुँदै आएको छ । अब सडक कालोपत्रे होइन ढलान गरेर बनाउँ । सिमेन्ट उद्योगलाई जवाफदेही बनाएर कम मूल्यमा नै पूर्वाधार निर्माणमा सिमेन्टको प्रयोग हुने हो भने त्यसले हाम्रो अर्थतन्त्रलाई टेवा प्रदान गर्छ । अहिले विटुमीन प्रयोग भएका बाटाहरु २ वर्षमा भत्केर पहिलेकै अवस्थामा आउँछन् । यदि सडक ढलान हुने हो भने २० देखि ३० वर्ष केही हुँदैन ।

नेपालले केही समयको लागि पेट्रोलियम पदार्थको प्रयोग घटाउनुको विकल्प छैन भन्ने कुरामा धेरै मानिस पुगेका छन् । तर, सरकार चलाउने कुनै ब्यक्ति वा समूहले अहिलेसम्म आधिकारीक धारणा राख्न सकिरहेका छैनन् । त्यसैले हामी आफैँ यसको गाम्भियतालाई बुझेर पेट्रोलियम पदार्थको आयात घटाउन लाग्नु पर्छ । छाटो दुरी पैदल हिडौं ।

इन्धन मूल्यवृद्धिलाई घटाउने पाँच तरिकाहरू छन्। विद्युतीय सवारी साधन स् यी कार आदि सवारीले इन्धन प्रयोग गर्दैनन्। तिनीहरू विभिन्न विद्युतीय विन्दुमा नियमित चार्ज गर्छन्। यस्ता कार खरिद गर्दा भने महँगो हुन्छ। नेपालमा इलेक्ट्रिक कारको बजार फराकिलो छ। हाइब्रिड सवारी साधनले सामान्यतया दुईवटा स्रोतबाट शक्ति प्राप्त गर्छ– इन्धन  (पेट्रोल/डिजेल) र अर्को विद्युत्। विद्युतीय सवारीसाधन अहिले विश्वभर फैलिएको छ। नेपालमा यो अझै पनि सहज हुन सकेको छैन। विभिन्न सहरमा स्थानीय सरकारहरूले डिजेल वा पेट्रोलको तुलनामा सीएनजी–वाहनहरूको प्रयोग बढाउँदै लगेका छन्।

यस्तै, सेना, प्रहरीको गाडीलाई कसरी मितब्ययी बनाउने त्यसमा छलफल गरौं । सार्वजनिक आयात र निजी साधनमा जोर बिजोर कडाईका साथ लगाउ । शनिबार पूर्णरुपमा बजार बन्द गराऔं र गाडी चल्न रोकौं । यी सबै काम गर्दा हाम्रो अर्थतन्त्रले ठूलै मूल्य चुकाउनु पर्ला तर, अहिलेको पेट्रोलियम पदार्थको कारण डुब्नु पर्ने अवस्था आउँदैन । धेरैजसो विकसित राष्ट्रमा प्रत्येक कुनामा पैदलयात्री र सवारका लागि विस्तृत निर्देशनसहित विशेष साइकल लेनहरू छन्। दुर्भाग्य, नेपाल यसमा पछाडि छ। ‘कार पुलिङ’ अर्थात् यदि तपाईंसँग कार छ भने साझेदारीले धेरै पैसा बचत गर्न सक्छ। यसले ट्राफिक भीड र वायु प्रदूषण कम गर्न पनि मद्दत गर्छ, इन्धन खपत उल्लेखनीय रूपमा घट्छ।

हाम्रो अर्थतन्त्रमा पेट्रोलियम पदार्थको कारण सृजना हुने दायित्वलाई केही घटाउन सकिएको खण्डमा त्यसले हामीलाई थप संकटमा जानबाट रोक्ने छ । त्यसैले सबैले आ–आफ्नो क्षेत्रबाट पेट्रोलियम पदार्थको उपभोग घटाऔं । इन्धनको मूल्य वृद्धिले सम्पूर्णमा असर पर्न थाल्छ। जसबाट देशको बजेटदेखि भुक्तानी सन्तुलनको अवस्थामा समेत असर पर्ने निश्चित छ। हाल देशमा विद्यमान राजनीतिक अस्थिरताका कारण नेपालीले यसै दुःख पाइरहेका छन्। निमुखा जनतालाई ‘सबैको साटो खा बूढी आटो’ भनेझैं फेरि आर्थिक भार गरिब जनतामाथि थोपरिएको छ। पेट्रोलियम पदार्थको मूल्य क्रमिक रूपमा वृद्धि गर्दै जानुभन्दा नेपाल सरकारले विभिन्न उर्जाको बचत गर्नु वा वैकल्पिक उपायहरू अवलम्बन गर्नु आजको विकल्प हो।

प्रकाशित : 24 January, 2023

प्रतिक्रिया दिनुहोस्