भारतमा वायुसेनाका २ वटा विमान दुर्घटनाग्रस्त
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । माघ १४, भारतीय वायुसेनाका २ वटा विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मध्ये प्रदेशको मोरेनामा स्थानीय समय अनुसार शनिबार बिहान साढे ५ बजे वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए ।
घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन् । घटनाको जानकारी पाए लगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए । घटनास्थलमा गाउँलेहरुको भीड जम्मा भएको छ । प्रत्यक्षदर्शीका अनुसार विमानमा आकाशमै आगो लागेको थियो । त्यो देख्ने बित्तिकै जलिरहेको लडाकु विमान खसेको थियो । घटनास्थल नजिकै एक रेलवे स्टेशन समेत रहेकाे छ ।