केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमिशाको ह्याट्रिकमा नेपालको पहिलो जित

सहयात्रा टिभी

काठमाडौ । माघ २२, महिला साफ यू २० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।

अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । खेलको १९ औं मिनेटमा कार्कीले पहिलो गोल गर्दैै नेपाललाई अग्रता दिलाएकी हुन् ।

पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा कार्कीले दोस्रो गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । खेलको ६० औं मिनेटमा दिपा शाहीले नेपालका लागि गोल गर्ने एक सुनौलो अवसर गुमाइन् । मनमाया दमाईको बायाँतर्फबाट आएको क्रस खुट्टामा लागेर पोष्ट माथि हुँदै बाहिरिएको हो ।

 

प्रकाशित : 5 February, 2023

प्रतिक्रिया दिनुहोस्