केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अबको १०० वर्षपछि मानिस मस्तिष्क कम्प्युटर जस्तै बन्ने वैज्ञानिकका २० दाबी

सहयात्रा टिभी

काठमाडौं । माघ २४, शरीर लचिलो : कतै खस्ने, लड्ने जस्ता दुर्घटना र चोटपटकका कारण हाम्रो शरीर लगातार विकसित भैरहेको छ । स्नायुवैज्ञानिक डिन बर्नेटका अनुसार भविष्यमा हाम्रो शरीर धेरै लचिलो हुनेछ । यस्ता दुर्घटनाहरूबाट शरीरलाई हानी कम हुनेछ ।

ठुँडजस्तै दाँत हुनेछ : शेफिल्ड विश्वविद्यालयका जिव वैज्ञानिक ग्यारेथ फ्रेजरले यस्तो विचित्र अनुमान गरेका छन् । उनका अनुसार भविष्यमा मानिसका सप्पै दाँत एकै खालका हुनेछन् र अहिलेको जस्तो फरक(फरक दाँत हुनेछैनन् । भविष्यमा मानिसको मुख पफर माछाको जस्तो चुच्चो हुनसक्दछ । हाम्रो खानपानका कारण मुखको आकारमा परिवर्तन आउनेछ र त्यो समयमा त्यस्तै चुच्चो मुख मजबूत र व्यवहारिक हुनेछ ।

पछिल्लो १०० वर्षमा विश्वमा मानिसहरुको औसत उचाइ बढिरहेको छ र यो क्रम आगामी सय वर्षमा पनि निरन्तर हुनेछ । एक अध्ययन अनुसार अमेरिकीहरुको औसत उचाइ यसअघि ५.७ फिट रहेकोमा अहिले ५.१० फिट पुगेको छ ।

यदि आगामी १०० वर्षसम्म यो क्रम चलेमा भविष्यमा सबै मानिस अहिलेका बास्केटबल खेलाडीजस्तै देखिनेछन् । मजबुत फोक्सो : हार्वार्ड विश्वविद्यालयका शोधकर्ता जुआन एनरिकेजका अनुसार भविष्यमा हामीलाई यस्तो फोक्सो र मांसपेशी आवश्यक पर्नेछ जसले धेर अक्सिजन तान्न सक्दछ र मानिस कम अक्सिजन भएको ठाउँमा पनि बाँच्न सक्दछ ।

औंलाहरू लामो र लचिलो बन्ने स् डिन बर्नेटका अनुसार शरीरको उचाइ बढ्दा त्यसको असर शरीरका हरेक अंगमा पर्नेछ । हाम्रा औंलाहरु धेरै लामो तथा लचिलो बन्नेछन् । यसले औंलाको क्षमता पनि बढ्नेछ र मानिसको टाइपिङ गर्ने र टचस्क्रिन भएका ग्याजेट चलाउने दक्षता बढ्नेछ । साथै हामीले कुनै पनि वस्तुलाई अझै बलियो हिसाबले समाउन सक्नेछौं र धेरै खालका काम गर्नमा यसले सहजता प्रदान गर्नेछ ।

मस्तिष्क कम्प्युटर जस्तै बन्ने : हरेक दिन हामी नयाँ नयाँ तथा धेरै डाटाहरुसँग साक्षात्कार गर्दछौं । आगामी दिनहरुमा यो क्रम झनै बढ्नेछ । जुआन एनरिकेजका अनुसार धेरै सूचनाहरु सम्हाल्नका लागि मस्तिष्कको क्षमता पनि बढ्नेछ । मस्तिष्कले कम्प्युटरले जस्तै धेरै विश्लेषण तथा स्टोरेज गर्न सक्नेछ । स्मरणशक्ति पनि बढ्नेछ । यद्यपि यसबाट मनोवैज्ञानिक परिवर्तन पनि हुनेछ ।

दृष्टि तथा श्रवणशक्ति बढ्ने : आगामी सय वर्षमा मानिसमा वंशाणुजन्य रोगहरु कम हुनेछन् । मानिसको श्रवणशक्ति बढ्नेछ भने दृष्टिविहीन मानिसको संख्या घट्नेछ ।

प्राविधिक क्रान्तिले गर्दा आँखा तथा कानका अपांगहरुले नयाँ जीवन पाउनेछन् । जर्मनीमा वैज्ञानिकहरुले यस्तो आँखा तयार गरिरहेका छन् जुन दृष्टिविहीनहरुका लागि बरदान सावित हुनेछ । मानिसहरु अँध्यारोमा पनि धेरै टाढासम्म प्रष्टरुपमा देख्नेछन् । मानिसले परावैजनी किरणलाई पनि देख्न सक्नेछ र धेरै प्रकारका रङको पहिचान गर्न सक्नेछ ।

एलर्जीको समस्या बढ्ने : जेनेटिक इन्जिनियरिङले फाइदा त हुनेछ, तर त्यसले क्षति पनि हुनेछ । मानिसले नयाँ नयाँ रोगहरुको पनि सामना गर्नुपर्नेछ किनकि वातावरण प्रदूषण बढिरहेको अवस्था छ । मानिसमा एलर्जीको समस्या बढ्नेछ । किटाणुहरु तथा ब्याक्टेरियाहरुको संक्रमण बढ्नेछ । हाम्रो रोग प्रतिरोधी क्षमता बढाउने चिजहरुबाट हामी टाढिनेछौं । तर त्यसबेला हामी यस्तो समाजमा हुनेछौं जहाँ शक्तिशाली रोगप्रतिरोधी क्षमताको आवश्यकता नै पर्नेछैन ।

यौन परिपक्वता : ग्लोबल ब्रेन इन्स्टिच्युटका क्रमविकास मानवशास्त्रका शोधार्थी क्याडेल लास्टका अनुसार मानिसहरु विस्तारै यौन परिपक्वता अर्थात् ‘सेक्सुअल म्याचुरिटी’ हासिल गर्नेछन् । जैविक प्रजनन सुस्त बन्नेछ । यसको मतलब बच्चा ढिलो जन्मिन्छन् भनेको होइन । वास्तवमा हामीहरु छिटो जीवन बिताएर ढिलो मर्नुको साटो धेरै वृद्ध भएर मर्नेछौं ।

मोटो बन्दै जानेछौं : ल्यासेन्ट जर्नलमा छापिएको रिपोर्ट अनुसार पछिल्लो १ सय वर्षमा विकसित देशहरुको इतिहास हेर्दा मानिसहरुमा मोटोपन बढिरहेको छ । हरेकजसो विकसित देशहरुले मोटोपना समस्याको रुपमा रहेको बताउने गरेका छन् । त्यसैले भविष्यमा यो समस्या सबैजसो देशमा बढ्नेछ ।

मेसिनको साथ पाइने : भविष्यबेत्ता इयान पियर्सनका अनुसार हाम्रो मस्तिष्कले भविष्यमा कम्प्युटरले जस्तै काम गर्नेछ । सन् २०५० सम्ममै यस्तो परिवर्तन देख्न पाइनेछ । सन् २०७५ सम्ममा धेरै विकसित देशका मानिसहरुले मेसिन अग्मेन्टेसनको प्रयोग गर्न थाल्नेछन् । यो एक प्रकारको मस्तिष्क हो । यो शताब्दीको अन्त्यसम्ममा यसको प्रयोग अत्यधिक हुनेछ । मानिसहरुबीच प्रतस्पिर्धा पनि बढ्नेछ, खासगरी दिमागी प्रतिस्पर्धा ।

आनुवंशिक रुपमा परिवर्तित कोशिकाहरु : आगामी १०० वर्षमा मानिसहरु अर्को ग्रहमा समेत बसोबास गर्न थाल्ने वैज्ञानिकहरुको अनुमान छ । बाह्य ग्रहमा बाँच्नका लागि मानिसको शरीरमा पावरहाउस अर्थात् कोशिकाहरुलाई आनुवंशिक रुपमा परिवर्तन गर्नुपर्नेछ । मंगल ग्रहमा बस्नका लागि त्यो निकै आवश्यक छ ।

वंशाणुगत रोगको अन्त्य : भविष्यमा जेनेटिक रोगहरु समाप्त हुनेछन् । सिस्टिक फाइब्रोसिस, हटिंग्टन सिन्ड्रोम आदिजस्ता रोगहरुको जेनेटिक इन्जिनियरिङको माध्यमबाट उपचार हुनेछ ।

स्मरणहरु डाउनलोड गर्न सकिने : वैज्ञानिकहरुको अनौठो दाबी के छ भने भविष्यमा तपाईं आफ्नो मस्तिष्कमा रहेका स्मरणहरुलाई पेनड्राइभ वा मेमोरी कार्डमा डाउनलोड गर्न सक्नुहुनेछ । वैज्ञानिकहरुले यो विषयमा मुसामा सफल परीक्षण गरिसकेका छन् ।

भविष्यमा हामी आफ्ना स्मरणहरुलाई अरु मानिसको मस्तिष्कमा र अरुको स्मरणहरुलाई आफ्नो मस्तिष्कमा अपलोड समेत गर्न सकिने वैज्ञानिकहरुको जिकिर छ ।

छेपारोको जस्तै छाला : मानिसको मूड परिवर्तन हुनेछ । जब मानिसको मूड परिवर्तन भएअनुसार छालाको रङ पनि फेरिनेछ, छेपारोको जस्तै । हुनत अहिलेपनि मानिसको छाला परिस्थिति अनुसार केही परिवर्तन भएकै हुन्छ । जस्तै खुसी, रिस वा लाजको बेला अनुहारको छाला गुलाबी बन्दछ । भविष्यमा मानिसको छालाको रङ परिवर्तन हुँदा त्यसले मानिसको मूड परिवर्तनको संकेत तथा मानसिक व्यवहारको जानकारी दिनेछ ।

धेरै तापक्रम सहनसक्ने : जलवायुविज्ञ म्याथू हाबरका अनुसार विश्व उष्णकिरण बढिरहेको छ । त्यस्तैले बढ्दो तापमानसँग अनुकुलित हुनका लागि मानिसको सरीर धेरै तापक्रम सहने खालको हुनेछ । मानिसमा गर्मी क्षेत्रमा बस्ने बानी पर्नेछ । मानिसले गर्मी मौसममा आफुलाई ढाल्नेछ ।

मानिस तन्नेरी देखिने : मानिसमा बुढोपन रोक्नका लागि मानिसको उमेर उल्टाउने प्रविधिमा धेरै काम भैरहेको छ । किनकी बुढो हुनु केवल शारीरिक प्रक्रिया होइन, एउटा रोग पनि हो । भविष्यमा मानिसहरु धेरै तन्नेरी देखिनेछन् । ५०र६० वर्षको उमेरमा समेत ३०र४० वर्षजस्तै देखिनेछन् । कम रोगब्याधी, बढि सहनशक्तिका कारण त्यस्तो हुनेछ ।

मानिस अमर हुने : अमर हुनुको अर्थ हामी कहिल्यै पनि मर्दैनौँ वा सधैभर बाँचिरहन्छोँ भन्ने होइन । प्राविधिक रुपमा मानिसलाई आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट जिवित राखिनेछ । यसमा जेनेटिक्स, बायोटेक्नोलोजी तथा आइले मिलेर काम गर्नेछन् । जेनेटिक परिवर्तनको कारण मानिसको उमेर बढ्नेछ । मानिसको उमेर अनुसारको बुढ्यौलीको गति सुस्त बन्नेछ । मानिसको रोग कम हुनेछ र स्वास्थ्य उत्कृष्ट बन्नेछ ।

टेलिप्याथीसँग कुराकानी : ऋषीमुनिहरुजस्तै हामीले हाम्रो दिमागमा कुनै कुरा सोँचेर त्यसलाई कसैसँग पूराउन सक्नेछन् । त्यसलाई सिन्थेटिक टेलिप्याथी भनिन्छ । यस्तो प्रविधि भविष्यमा आउनेछ कि त्यसको माध्यमबाट तपाईंले आफ्नो दिमागमा सोचिरहेको कुरा वा सन्देशलाई कुनै अर्को व्यक्ति वा समूहसम्म पूराउन सक्नुहुनेछ । भविष्यमा सञ्चारका लागि शव्दको प्रयोगभन्दा विद्युतीय तरंगको प्रयोग धेरै हुनेछ ।

एजेन्सी

 

प्रकाशित : 7 February, 2023

प्रतिक्रिया दिनुहोस्