केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक साँढेको वीर्य ३२ लाख रुपैयाँमा बिक्यो

सहयात्रा टिभी

काठमाडौँ । माघ २६, सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान वीर्य भएको साँडे हो । एक लिलामीका क्रममा यसको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ ।

रोचक त के भने वीर्य खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए । तर अन्ततः उनले करिब ३२ लाख रुपैयाँ मूल्यमा साँडेको वीर्य खरिद गर्न सफल भए ।

अष्ट्रेलियाको नर्थ क्विन्सल्याण्डका किसान मार्क र पाम प्रिचर्डले आफ्नो फार्ममा पालेका गाईहरूका लागि कृत्रिम गर्भाधान तर उत्तम वीर्यको खोजीमा थिए ।

त्यहीँ क्रममा उनीहरूले  Big Country Brahman Sale मा एउटा साँढेको १० नली वीर्य कुल २४ हजार डलरमा खरिद गरे । त्यसक्रममा प्रतिनली २४ सय डलर मूल्य परेको छ ।

वास्तवमा उक्त साँढे चानचुने होइन । सन् २०१७ मा करिब चार करोड ३० लाख ९३ लाख २५ हजार डलर० रुपैयाँ ऐतिहासिक मूल्यमा बिक्री भएसँगै त्यो साँढे चर्चामा आएको थियो ।

पशु प्रजनन कम्पनी  Elrose Brahman Stud का सञ्चालक रोजर र लरिना जेफरिजले उक्त साँडे खरिद गरेका थिए । उक्त साँढे त्यतिबेलाको सबैभन्दा महँगो कीर्तिमानी साँढे बनेको थियो । यो साँढे अहिले सात वर्षको भएको छ ।

एजेन्सी

प्रकाशित : 9 February, 2023

प्रतिक्रिया दिनुहोस्