सवारी दुर्घटनामा एकको मृत्यु

सहयात्रा टिभी

फलेवास । पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भई कुस्माको जिरो किमी बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो ।

नारायणगढबाट बागलुङ जाँदै गरेको ग १ ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको एक स्कुटर एकापसमा ठोक्किएका थिए । स्कुटर चालक पुनमगरको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बसका यात्रु भने सकुशल छन् । रासस

प्रकाशित : 1 November, 2017

प्रतिक्रिया दिनुहोस्