डा.केसी : सरकारले विश्वविद्यालय बनाउने भनेर फेरि अलमल्याउन खोजेको

काठमाडौँ । फाल्गुन १, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले गेटामा मेडिकल विश्वविद्यालय बनाउने भनेर फेरि अलमल्याउन खोजेको आरोप लगाएका छन् ।
विश्वविद्यालयको हल्लाले मेडिकल कलेज सञ्चालनको काम अनावश्यक रुपमा ढिलो हुने केसीले सोमबार विज्ञप्ति निकालेर बताएका छन् ।
सरकारको यो निर्णयले तत्काल रेफरल अस्पतालसहितको विशेषज्ञ सेवा र लगत्तै एमबीबीएसको पठनपाठनको पर्खाइमा रहेका सुदूरपश्चिमका नागरिकहरुको आशामाथि तुषारापात हुने केसीले बताएका छन् ।
त्यसैले विगतमा आफूसँग भएको सहमति अनुसार गेटामा मेडिकल कलेज सञ्चालनको काम अघि बढाउन उनले आग्रह गरेका छन् ।