एक मलामी कालीगण्डकी नदीमा बेपत्ता

सहयात्रा टिभी

पाल्पा । स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् ।

पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा बेपता हुनुभएको हो ।

हजुरआमाको मलामी जानुभएका गाहा नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताउनुभयो । स्थानीय राम्दी प्रहरी चौकीका प्रहरीले अहिले नदी आसपासको क्षेत्रमा गाहाको खोजी कार्य भइरहेको जनाएको छ । रासस

प्रकाशित : 1 November, 2017

प्रतिक्रिया दिनुहोस्