अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । फागुन ३, आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ तारिखमा बाल क्यान्सर दिवस मनाउने गरिएको छ ।

नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् । त्यसमध्ये एक हजार ५ सय बालबालिका रहने गरेका सरकारी तथ्याङ्क छ । बाल क्यान्सरको उपचारको पहुँचमा झण्डै एकतिहाइ बिरामी मात्रै पुग्ने गरेका डाक्टरले बताएका छन् ।

उपचारको पहुँचमा पुगेकामध्ये ८० देखि ९० प्रतिशतलाई निको पार्न सकिने पाटन अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर सुचारिका तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् ।

 

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्