राष्ट्रपति जेलेन्स्की : रुसलाई युक्रेनको कुनै पनि भू–भाग दिँदैनौँ
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फागुन ५, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो कुनै पनि भू–भाग दिन नसकिने बताउनु भएको छ ।
उहाँले रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनुभएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले पश्चिमा देशको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले वसन्तयामको आक्रमण सुरु भइसकेको भन्दै युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्ने बताउनुभएको छ । रुसले हतियारको भाषामात्रै बुझ्ने जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने बीबीसीको प्रश्नमा उहाँले युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको जवाफ दिनुभयो ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ अर्थात् एक हप्तापछि एक वर्ष पूरा हुँदैछ । तर पनि युद्ध रोकिने कुनै सङ्केत छैन । युद्धबाट भएको क्षतिको स्वतन्त्र पुष्टि भएको छैन । युद्धका कारण युक्रेनमा भौतिक संरचनाको ठूलो क्षति भएको छ ।