केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हनुमानढोका दरबारमा चीर ठड्याएर अबिर दलेर होली पर्व सुरु

सहयात्रा टिभी

काठमाडौं । फागुन १५, काठमाण्डौको वसन्तपुरमा रहेको हनुमानढोका दरबारमा तीन तले चीर ठड्याएर अबिर दलेर होली पर्व सुरु भएको जनाएको छ ।

वसन्तपुरमा रहेको हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज तीनतले चीर ठड्याएसँगै देशभर यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

 

 

 

प्रकाशित : 27 February, 2023

प्रतिक्रिया दिनुहोस्