प्रचारप्रसारका क्रममा उम्मेदवार बेहोस, होस नखुलेपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

सहयात्रा टिभी

रामेछाप । चुनावी प्रचारप्रसारमा निस्केका रामेछाप प्रदेशसभा (ख) बाट उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामवहादुर तामाङ बेहोस भएका छन् । चुनाव प्रचारप्रसारको अभियान अन्तर्गत शुक्रबार सदरमुकाम मन्थली आएका उम्मेदवार ४३ वर्षीय तामाङ अकस्मात मन्थलीमा बेहोस भएका हुन् । उनलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको पार्टीका जिल्ला अध्यक्ष सोनाम लामाले जानकारी दिए ।

अस्पताल श्रोतका अनुसार तामाङलाई सामान्य ज्वरो आउनुको साथै शरीरभर विविरा आएको बताईएको छ ।

प्रकाशित : 3 November, 2017

प्रतिक्रिया दिनुहोस्