साउदीमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौँ पूर्व मन्त्री पक्राउ

सहयात्रा टिभी

एजेन्सी । भ्रष्टाचारको आरोपमा साउदी अरबमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौँ पूर्व मन्त्रीलाई हिरासतमा लिइएको छ । हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको छैन र कुन भ्रष्टाचार मुद्दामा उनीहरुलाई पक्राउ गरिएको भन्ने पनि स्पष्ट भएको छैन ।भ्रष्टाचार प्रतिबन्धको लागि गठन भएको नयाँ कमिटीले चार घण्टा पनि नबित्दै उनीहरुलाई पक्राउ गरेको बिबिसीले जनाएको छ । यसका साथै साउदी नेशनल गार्ड र नौसेना प्रमुख पनि परिवर्तन गरिएको छ ।

एसपीएका अनुसार किंग सलमानले नेशनल गार्ड मिनिस्टर प्रिन्स मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडिमिरल अब्दुल्लाह बिन मोहम्मद अल सुल्तानलाई बर्खास्त गरेका छन् ।साउदी समाचार संस्था अल अरेबियाले भने २००९ मा जेद्याहमा आएको बाढी र २०१२ मा फैलिएको मर्स भाइरसको बारेमा नयाँ तरिकाले अनुसन्धान हुन लागेको उल्लेख गरेको छ ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्