चैत ८ गतेदेखि १७ गतेसम्म प्रधानमन्त्री कप फुटबल हुने
काठमाडौँ । फागुन २९, प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । टिकटका लागि ३० लाख र मार्केटिङका लागि ५०लाख न्यूनतम मूल्य तोकेर वोलपत्र आह्वान गरिएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने छन् ।
दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेली उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ । फिफा विन्डोको समय सकिने भएकाले ३१ मार्च मा हुने फाइनल खेल वरीयतामा समावेश हुने छैन ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारका लागि एन्फाले सार्वजनिक सूचना निकालीसकेको र चाँडै टुंगो लाग्ने प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
प्रतियोगितामा अनुमानित १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ लाग्ने उनले बताए ।