पर्यटकको रोजाइ सुगमस्थल

सहयात्रा टिभी

इलाम । इलाम अवलोकनका लागि आउने पर्यटकको संख्या बढ्दै गएको छ । तर, कालोपत्रे नपुगेको पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको संख्या न्यून छ ।  पर्यटकको आवमनको अवस्था हेर्दा उनीहरुको रोजाई सुगम स्थान नै बढी हुने गरेको पाइएको छ । एक वर्षको अवधिमा ६६ हजार दुई सय ९९ जना पर्यटक इलाम आएको पर्यटन सूचना केन्द्रको तथ्याङ्क छ । तीमध्ये धेरैको रोजाइमा कालोपत्रे पुगेका क्षेत्रमा भएका पर्यटकीय क्षेत्रहरु छन् ।

कालोपत्रे नपुगेको ठाउँमा भएका महत्वपूर्ण पर्यटकीय क्षेत्र उनीहरुको आकर्षण बन्न सकेको छैन । आऊजाऊकै समस्या हुनाले इच्छा भए पनि ग्रामीण क्षेत्रका पर्यटीयस्थलमा पर्यटक पुग्दैनन् । त्यसले सम्भावनायुक्त पर्यटकीय ठाउँकामा आर्थिक गतिविधि फस्टाउन सकेको छैन । इलाम घुम्नेमा २९ हजार ८ सय २९ जना महिला र ३६  हजार ४ सय ७० जना पुरुष छन् । पर्यटन सूचना केन्द्रमा दर्ता भएका पर्यटनकमा सबैभन्दा धेरैले कन्याम घुमेका छन् । २४ हजार ५२ जनाले कन्यामको मात्र भ्रमण गरेका छन् । पर्यटकहरुले इलामको कन्याम, पाथीभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल श्रीअन्तु करफोक र माइपोखरी भ्रमण गरेको सूचना केन्द्रले जनाएको छ ।

त्यसैगरी पर्यटकहरुले फिदिम ताप्लेजुङ र तेह«थुम जानलाई पनि इलामकै बाटो प्रयोग गर्ने गरेका छन् ।  सूचना केन्द्रका गगन घिमिरेका अनुसार  पशुपतिनगर १७ हजार १९२, इलाम सदरमुकाम १७ हजार ५५६, फिक्कल ४ हजार ३३२ जनाले भ्रमण गरेका छन् । कालोपत्रे विस्तार भइसकेको अन्तुमा इलाम आएका केही मात्रै पर्यटक पुग्ने गरेका छन् । गएको आर्थिक बर्षमा ७ सय ४४ जनाले मात्र अन्तु क्षेत्रको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । यस बाहेक करफोक र माइपोखरीतर्फ पनि पर्यटक जाने गरेका छन् ।

इलाम आउनेमध्ये १ सय ५४ जना बिदेशी पर्यटक छन् । भारतका ७८ जना, बेलायतका १७ जना, फ्रान्सका १५ जना तथा अमेरिका र जापानका १२-१२ जनाले  इलामको भ्रमण गरेका छन् । त्यस्तै दक्षिण कोरियाका ८, क्यानडाका ५ ताइवानका ६ अर्जेन्टिनाका एक जनाले पनि इलाम भ्रमण गरेको तथ्याङ्ग छ ।  पर्यटन सूचना केन्द्रमा चारपांग्रे सवारी साधनमा ब्यानर लगाएर आएका पर्यटक मात्र दर्ता हुने गरेको सूचना अधिकृत घिमिरेले बताए । त्यसबाहेक मोटरसाइकल र अन्य निजी तथा सार्वजनिक सवारी साधनमा पनि पर्यटक इलाम भित्रने गरेका छन् । तथ्याङ्गमा उल्लेख भएको भन्दा धेरैले इलाम भ्रमण गरेको हुनसक्ने सूचना केन्द्रले जनाएको छ ।

अघिल्लो वर्षको साउनमा २ सय १२ जनाले इलाम भ्रमण गरेका थिए भने भदौमा ११३९ जना, असोजमा १ हजार ५३४ कार्तिकमा १६ हजार १४७, मंसिरमा सबैभन्दा बढी २२ अजार ४६०, पुसमा १४ हजार ४७५, माघमा ३ हजार ०७३ फागुनमा १ हजार ९७२ चैत्रमा २ हजार ५५२ बैशाखमा ८८३ जेठमा १ हजार ५१९ र असारमा ३३३ जनाले इलाम भ्रमण गरेका थिए । आव २०७२-०७३ मा भने १४ हजार ८४० जनाले मात्र इलाम भ्रमण गरेको तथ्याङ्क छ । पर्यटक आगमनको पछिल्लो तथ्याङ्क अध्यावधिक हुने काम भइरहेको सूचना केन्द्रले जनाएको छ ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्