केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेट्रोलियम पदार्थको मूल्य भारतबाटै घटेर आयो

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २, नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ ।

जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ ।

निगमका एक अधिकारीले मूल्य घटेर आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।

 

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्