साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन

एजेन्सी । साउदी अरेबियाका राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा थिए ।
दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन ।