केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेपालले लाओससँग प्रधानमन्त्री कप फुटबल खेल्दै

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज (बुधबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । रंगशाला प्रवेशका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क तोकिएको छ ।

नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो । त्यसअघि नियमित समयमा खेल २–२ को बराबरी भएको थियो ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाटै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नेपाल टिमको जिम्मेवारी सुरु गर्दैछन् ।

 

प्रकाशित : 22 March, 2023

प्रतिक्रिया दिनुहोस्