केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यू–१७ महिला साफ : नेपालले भुटानलाई हरायो

सहयात्रा टिभी

काठमाडौं । चैत ९, साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानलाई हराएको छ । बंगलादेशको ढाकामा बुधबार भएको खेलमा नेपालले भुटानलाई ५–० ले हराएको हो । नेपाललाई विजयी गराउन वर्षा ओली र सेनु परियारले समान २/२ गोल गरिन् भने दिपा रोकायाले एक गोल गरिन् ।

खेलको १६ औं मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ३० औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई २–० ले अग्रता दिलाइन् । ३४ औं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई तेब्बर अग्रता दिलाइन् । ५० औं मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् । त्यसपछि ५८ औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ५–० को विजयी दिलाइन् ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । जितसँगै नेपालले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ भने अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्