केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामाजिक सुरक्षा कोषमा ४ लाख बढि श्रमिक सूचीकृत

सहयात्रा टिभी

काठमाडौँ । चैत ९, सामाजिक सुरक्षा कोषमा चार लाख भन्दा बढि सङ्ख्यामा श्रमिक सूचीकृत भएको छ ।

सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएको जानकारी प्राप्त भएको छ ।

कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् ।

कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन् ।

कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ ।

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्