केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामान्य प्रशासन मन्त्रालयले प्रतिभा डबली सञ्चालन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । चैत ९, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माण लगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर कर्मचारीलाई प्रदान गर्न कार्यक्रम गर्न लागेको बुझिएको छ ।

प्रतिभा डबली कार्यक्रम आइडिया स्टुडियोसँगको सहकार्यमा हुने र सहभागी हुन चाहने  कर्मचारीले मन्त्रालयको वेवसाइटमा गएर चैत अन्तिमसम्ममा अनलाइनमार्फत प्रस्ताव पेस गर्न सक्ने छन् ।

प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियो र भिडियो कपीसमेत अपलोड गर्नुपर्ने छ र सो अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न पाइने छैन् ।

नविन सोच र इनोभेटिभ आइडिया पेस गरी शीर्ष १० मा पर्ने निजामती कर्मचारीले प्रतक्ष्य प्रस्तुतीकरणसमेत गर्नुपर्ने छ ।

उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने आइडिया स्टुडियोले जनाएको छ । प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिने छ ।

 

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्