हलिउड अभिनेत्री क्यामरुन डियाजले सन्यास लिने
सहयात्रा टिभी
काठमाडौँ । चैत ९, अभिनेत्री क्यामरुन डियाजले अभिनय करिअरलाई लिएर सन्यास लिने घोषणाले हलिउडमा चर्चा फैलिएको छ ।
उनको यो निर्णयबाट कतिपय स्तब्ध छन् तर यो सत्य खबर हो । अहिले काम गरिरहेको नेटफ्लिक्स फिल्मपछि डियाजले काम नगर्ने बताएकी छन् ।
अभिनयबाट सन्यास लिने कारणबारे उनले खुलाएकी छैनन् । यद्यपि व्यस्तताले परिवारलाई समय दिन नसकेको बताइन्छ ।
कुनै समय पोर्न फिल्म उद्योगमा काम गरेकी डियाज त्यसपछि फिल्ममा आएकी थिइन् । रिपोर्ट अनुसार क्यामरुन अहिले फिल्म ‘ब्याक इन एक्सन’को सुटिङमा व्यस्त छिन् । यसको सुटिङ लण्डनमा भइरहेको छ ।