सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात घाइते

सहयात्रा टिभी

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका-४ टर्कीबेसीमा आइतबार राति बोलेरो दुर्घट्ना हुँदा चार जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सिन्धुलीको खुर्कोटबाट फिक्कल गाउँपालिका-४ स्थित खाङ्साङको पोटीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको डवल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा फिक्कल गाउँपालिका-४ का ४० वर्षीय अम्मरबहादुर दर्लामी, सोही ठाँउका वर्ष ४० वर्षीय रामप्रसाद बराल र ५९ वर्षीय दिपबहादुर मगर, ६० वर्षीय नरबहादुर बलमपाखी मगर रहेका छन् । अन्य ६ घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्