अमेरिकाको मिसिसिपीमा भूमरीमा परी २६ जनाको मृत्यु, दर्जनौं घाइते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । चैत १२, अमेरिकाको मिसिसिपी राज्यमा आएको शक्तिशाली भूमरीमा परी करिब २६ जनाको मृत्यु भएको छ ।
मिसिसिपी राज्यमा २५ जना र अलाबामा राज्यमा थप एक जनाको मृत्यु भएकाे हाे । मिसिसिपी राज्यका केही साना बस्तीहरु भूमरीले पुरै उजाडिएका छन् । आवासीय तथा कार्यालय भवन, बिजुलीकाे लाइन तथा सडकमा रोकिराखेका कारहरु भूमरीले बढारेका थिए ।
भूमरीमाका कारण भत्किएका भवनको भग्नावशेषमा अझै केही मानिस फसेको अनुमान छ । मिसिसिपी राज्यका गभर्नर ताते रिभेजले आपत्काल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीब्र बनाएको छ ।