आँधीका कारण अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, अमेरिकाको मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण सङ्कटकाल घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गर्नुभएको छ ।

उहाँले आँधी तथा चक्रवातबाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाका प्रयासलाई तीव्र पार्न सङ्घीय सहायताको आदेश दिनुभएको छ ।

मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले आँधीबेहरी अझै केही दिन सक्रिय रहनसक्ने चेतावनी दिएको छ । शुक्रवार आएको आँधी र चक्रवातबाट मिसिसिपीमा कम्तीमा २६ जनाको ज्यान गएको छ ।

खोज तथा उद्धारको प्रयास भइरहेको पनि राज्य सरकारले जनाएको छ । दुई सय ६५ देखि तीन सय २० किलोमिटरको वेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले ठूलो क्षति गरेको छ ।

 

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्