हटिया गएकी महिला हराइन्

इलाम । स्थानीय हटिया भर्न गएको इलाम माइ नगरपालिका–८ की एक महिला पाँच दिनदेखि वेपत्ता भएकी छन् । माई नगरपालिका–८ कलकत्तेकी ३३ वर्षीया सुमित्रामाया लिम्बू पाँच दिनदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गएको कात्तिक १७ गते दानाबारीस्थित शुक्रबारे बजारमा हटिया भरेर घर फर्कने क्रममा बीच बाटोबाटै हराएको पारिवारले जनाएका छन् । लिम्बू अहिलेसम्म घर नफर्केपछि परिवारले खोजतलासका लागि दानाबारी प्रहरी चौकीमा निवेदन दिएपछि प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।