‘भोट किनबेचमा सतर्क बनौं’

सहयात्रा टिभी

बनेपा । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले चुनावका समयमा भोट किनबेचको सम्भावना बढ्ने भएकाले यसको नियन्त्रणमा सबै सचेत हुनुपर्ने बताएका छन् ।

धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख आयुक्त यादवले विशेष गरी निर्वाचन अधिकृतहरुले यसमा सतर्क रहनुपर्ने औंल्याए । धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख आयुक्त यादवले विशेष गरी निर्वाचन अधिकृतहरुले यसमा सतर्क रहनुपर्ने औंल्याए ।  आसन्न निर्वाचनमा खटिने कर्मचारी पनि कुनै ट्रेड युनियनसँग आबद्ध भएकाले छनोटमा चनाखो हुन पनि उनले निर्देशन दिए ।

राजनीतिमा प्रत्यक्ष देखिएका कर्मचारीलाई निर्वाचनमा नखटाउन प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन समेत दिए । ‘निर्वाचन अधिकृत र कमचारी नियुक्तिदेखि खटनपटनमा नातावाद, कृपावाद भेटिए कार्बाही गर्छौं’–उनले भने । यादवले मतदान अधिकृत र निर्वाचनमा खटिएका कर्मचारीले केही गलत गरे माफी नमिल्ने स्पष्ट पारे ।

कर्मचारीले पनि भोट हाल्ने व्यवस्था मिलाउन लागेको जानकारी दिंदै उनले सर्वोच्च अदालतको आदेशपछि सम्भाव्यता अध्ययन गरिरहेको सुनाए । ‘सम्मानित अदालतले त्यसबारे सोच्न आदेश दिएको र सोहीअनरूप अदालतको पनि सम्मान हुने गरी व्यवस्था गर्न लागेका छौं’–उनले भने–‘सकेसम्म कर्मचारीलाई मताधिकार दिन प्रयास गर्छौं ।’ १–२ दिनमै यसबारे टुंगो लाग्ने उनको भनाइ थियो ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्