अल्लु अर्जुनद्धारा अभिनित ‘पुष्पा २’ को टिजर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । चैत २४,अल्लु अर्जुनद्धारा अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक भएको जनाएको छ।

तीन मिनेट लामो यो इन्ट्रो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ ।

पुष्पालाई सार्वजनिक गर्नुपर्ने माग राख्दै उसका फ्यानले गरेको प्रदर्शनलाई समेत यसमा प्रस्तुत गरिएको छ । फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ ।

यो ग्याङस्टर फिल्मले एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गर्छ ।

 

प्रकाशित : 7 April, 2023

प्रतिक्रिया दिनुहोस्