आईपीएल क्रिकेटमा चेन्नई र राजस्थानको जित

सहयात्रा टिभी

काठमाडौं । चैत २६, ईन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले दोस्रो जित निकालेको छ । मुम्बइ ईन्डियन्सलाई ७ विकेटले पराजित गर्दै चेन्नईले तेस्रो खेलमा दोस्रो जित निकालेको हो ।

आफ्नो १ हजारौं आईपिएल खेलमा चेन्नईले मुम्बइले दिएको १५८ रनको लक्ष्य ११ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो ।

चेन्नईको जितमा आजिंक्य रहाणेले ६१, ऋतुराज गायकवाडले अविजित ४०, शिवम दुबेले २८ तथा अम्बाती रायुडूले अविजित २० रन बनाए । मुम्बईका जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । मुम्बइका लागि इशान किशनको ३२, तिलक बर्माले २२ तथा टिम डेविडले २१ रन बनाए ।

चेन्नइका लागि रविन्द्र जडेजाले ३, मिचेल सान्टनार र तुषार देशपान्डेले समान २/२ तथा सिसान्डा मगलाले एक विकेट लिए । मुम्बइको आईपीएलमा यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा मुम्बइ आरसीबीसँग पराजित भएको थियो । शनिबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ ।

राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो । दिल्लीका लागि डेविड वार्नरले ६५ रनको अर्धशतकीय ईनिङ खेले । राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३/३ विकेट लिए ।

आईपीएल क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । आइतबार हुने पहिलो खेलमा गुजरात टाइटन्स र कोलकत्ता नाइट राइडर्स तथा दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किंग्स खेल्नेछन् ।

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्