केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्जिनियर्ड भ्रूणबाट पहिलोपटक बाँदरमा गर्भाधारण

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, वैज्ञानिकहरू कृत्रिम अर्थात् इन्जिनियर्ड भ्रूणबाट पहिलोपटक बाँदरमा गर्भाधारण गराउन सफल भएका छन् ।

प्रयोगशालामा भ्रूण बनाउका लागि बाँदरकै स्टेम सेलको प्रयोग गरिएको थियो । उक्त स्टेम सेललाई भ्रूणमा विकास गरेपछि एउटा सरोगेट पोथी बाँदरको गर्भाशयमा प्रत्यारोपण गरियो । गर्भवती बाँदर र उसको गर्भमा रहेको भ्रूण दुबै स्वस्थ रहनुका साथै राम्रोसँग विकसित पनि भए ।

गँगटा खाने मकाउ बाँदरको स्टेम कोशिका लिएर त्यसको सेल कल्चर गरी भ्रूणमा विकसित गरिएको थियो । यो प्रक्रियालाई ग्यास्ट्रुलेसन भनिन्छ । स्टेम कोशिकाबाट १८ औं दिनमा केही संख्यामा भ्रूणहरु विकास गरी त्यसलाई ८ वटा पोथी बाँदरको गर्भाशयमा हालियो ।

गर्भवती बाँदरहरुले २० दिनसम्म लगातार अल्ट्रासाउण्ड तथा हर्मोन परीक्षण गरियो । उक्त कृत्रिम भ्रूण सफलतापूर्वक बाँदरको गर्भमा हुर्किन थालेको थियो । गर्भवती बाँदरको शरीरमा प्रोजेस्टेरोन तथा कोरियोनिक गोनाडेट्रोपिन जस्ता हर्मोनको मात्रा बढेको थियो ।

चाइनिज एकेडेमी अफ साइन्सेसस्थित न्युरोसाइन्टिस्ट कियांग सुन नेतृत्वको वैज्ञानिक टिमले उक्त अनुसन्धान गरेको थियो ।

– एजेन्सीको सहयोगमा

 

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्