चरेससहित समातिए युक्रेनी नागरिक

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो चरेससहित एक युक्रेनी नागरिक समातिएका छन् ।

कोटेश्वरबाट खटिएको प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो टोलीले ४२ वर्षीय ओलेक्सी लोलेन्कोलाई पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलमा जेट एयरवेजको ६५२ नम्बरको उडानमा मुम्बई हुँदै युक्रेन जान लागेका ओलेक्सीको सुटकेश चेकजाँचका गर्दा दुई किलो चरेस भेटिएको व्युरोले जनाएको छ ।

ओलेक्सीले सुटकेशभित्रको स्टाइलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा चरेस लुकाई राखेका थिए । पक्राउ परेका ओलेक्सीलाई लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरमै राखेर थप अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्