पोर्चुगलको टिममा नेपाली मूलका सुमन घिमिरे
काठमाडौँ । चैत २८, पोर्चुगलको राष्ट्रिय टिममा एसियन र अफ्रिकी मूलका खेलाडीको बाहुल्यता छ। जसमा नेपाली मूलका २४ वर्षीय अलराउन्डर सुमन घिमिरे पनि छन् ।
पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमले अहिले जिब्राल्टरसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ।
सोमबार भएको पहिलो खेलमा पोर्चुगलले १२४ रनको जित निकाल्यो । यही महिना मात्र पोर्चुगलको टिममा परेका घिमिरेले सोमबार भएको खेलमा भने मौका पाएनन् । २४ वर्षीय अलराउन्डर घिमिरे बेन्चमा सीमित बनेका थिए ।
उनी नेपालको यू-१९ टिमको बन्द प्रशिक्षणमा पनि बोलाइए। तर टिममा परेनन्। गण्डकीबाट यू-१९ राष्ट्रिय प्रतियोगिता खेलेका उनले खेलमा आफ्नो भविष्य सुनिश्चित देखेनन्।
सुरूमा उनलाई पोर्चुगलमा पनि क्रिकेट खेल्नछन् भन्ने थाहा थिएन। एकदिन उनले त्यहाँ क्रिकेट खेलिरहेका मधुकर थापालाई भेटे।
‘मधु दाइले स्थानीय टिमबाट खेल्न बोलाउनुभयो। खेल्दा जाँदा राम्रो प्रदर्शन गर्न सफल भएँ,’ उनी भन्छन्।
तीन वर्ष पोर्चुगलमा खेलेपछि मात्र राष्ट्रिय टिममा राख्न पाइने नियम छ। त्यही भएर घिमिरे यही महिना मात्र त्यहाँको राष्ट्रिय टिममा पर्न योग्य भए। त्यहाँको संघले पनि उनलाई राष्ट्रिय टिममा छनोट गर्यो।