एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालको प्रदर्शन निरासाजनक

सहयात्रा टिभी

काठमाण्डौं । सन् २०१८ मा हुने एपएफसी यू–१९ च्याम्पियनसिपको छनौटमा नेपालको प्रदर्शन निरासाजनक रह्यो ।

छनोट खेतलमा एक गोल समेत गर्न नसकेको नेपाली फुटवल टोली मलिन मुहार लिएर घर फर्किएको छ । नेपालले छनोट चरणमा चार खेल खेलेर १२ गोल खाँदा एक गोल पनि गर्न सकेन । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार ओमानसँग ५–० गोलको पराजय भोग्योे । एशियाकै शक्तिशालीमध्येको एक मानिने ओमानसँग नेपाली खेलाडीहरु निक्कै कमजोर सावित भए । ओमानसँग रक्षात्मक रणनीतिमा देखिएको नेपाली टोलीले पहिलो हाफमा तीन र दोस्रो हाफमा २ गोल खायो ।

पाँच टोली सम्मिलिन छनोट समूह ‘ए’ मा नेपालले कुनै पनि खेल जित्न नसकेको मात्रै होइनन गोल समेत गर्न सकेन । पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले हारेको नेपालले दोस्रो खेलको नतिजा बहराइनलाई ४–० ले सुम्पियो । तेस्रो खेलमा युएईलाई १–० मै रोक्न सफल भए पनि अन्तिम खेलमा नेपालले नमिठो पराजय ब्यर्होयो ।आफ्नो उमेर समूहको साफ च्याम्पियन नेपाली टोलीले अन्य एसियाली मुलुकका टोलीहरुसँग भने अपेक्षाकृत प्रदर्शन पनि गर्न सकेन । मुख्यगरी नेपालको रक्षापंक्तिमा कमजोरी देखिएको थियो ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्