केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अरबको पहिलो अन्तरीक्षयात्री सुल्तान अल नेयादी अन्तरीक्षमा

सहयात्रा टिभी

कठमाडौं । बैशाख ४, यहीँ अप्रिल २८ को दिन संयुक्त अरब इमिरेट्सका अन्तरीक्षयात्री सुल्तान अल नेयादीका लागि एक ऐतिहासिक दिन अन्तरीक्षमा पुगेर हुनेछ ।

नेयादीले सो दिन अन्तराष्ट्रिय स्पेस स्टेशन बाहिर ‘स्पेस वाक’ गर्नेछन् । यो सँगै उनी अन्तरीक्षमा हिड्ने अरब जगतको पहिलो अन्तरीक्षयात्री सुल्तान अल नेयादी बन्नेछन् ।

नेयादीले अमेरिकी अन्तरीक्ष संस्था नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि स्पेसवाकको तालिम लिएका छन् ।

गत मार्च ३ तारेखको दिन पनि अल नेदायीको लागि निकै खास थियो, किनकी पृथ्वीको कक्षमा त्यो उनको पहिलो दिन थियो । तर पृथ्वीको बाहिरको उनको अनुभव अप्रिल २८ मा झनै विशेष हुनेवाला छ ।

कुनै पनि अरबी अन्तरीक्षयात्रीका लागि साढे ६ घण्टाको उक्त Extravehicular Activity (EVA) गर्नु पहिलो अवसर हुनेछ ।

नेयादीको उक्त अन्तरीक्ष हिँडाइसँगै युएइले पनि कीर्तिमान कायम गर्नेछ । योसँगै युएई आफ्ना नागरिकलाई अन्तरीक्षमा हिँडाउने विश्वको दशौँ देश बन्नेछ ।

अल नेयादीले ह्युस्टनमा नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि ५५ घण्टाभन्दा पनि धेरै समय बिताएका छन् । त्यसमा स्पेस स्टेशनको आकारको रेप्लिका एउटा पूलमा डुबाइएको थियो ।

पानीमुनि भार महसूस हुँदैन । त्यसैले उक्त पानीको ल्याब अन्तरीक्षमा हिड्ने अन्तरीक्षयात्रीहरुका लागि नितान्त उपयोगी तालिम केन्द्र हो ।

स्पेस एक्सको क्रू ६ मिसनको एक हिस्साको रुपमा अल नेयादी गत मार्च २ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरीक्ष यात्रामा निस्किएका थिए । उनी अन्तराष्ट्रिय स्पेस स्टेसनमा ६ महिनासम्म रहनेछन् र विभिन्न प्रयोगहरु गर्नेछन् ।

यो अन्तरीक्षयात्रा नेयादीको जिवन बदल्ने मिसन हो । गत अप्रिल ४ मा नासाको गोल्डेन एस्ट्रोनट पिन प्राप्त भएसँगै उनले आफ्नो खुसी ट्वीटरमा शेयर गरेका थिए । एजेन्सीको सहयोगमा

 

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्