पूर्णिमाको चलचित्र हिरोजलाई पिजी सर्टिफिकेट

सहयात्रा टिभी

काठमाण्डौँ । चलचित्र हिरोजले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ । एन.वि. महर्जनको निर्देशन रहेको चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट प्रदान गरेको हो । यो चलचित्र हेर्न १६ वर्ष भन्दा कम उमेरका दर्शकका लागि अभिभावक पनि साथमै हुनु पर्नेछ ।

नायिका पूर्णिमा लामाको अभिनय रहेको चलचित्रको निर्माण जय लक्ष्मी फिल्मस्ले गरेको हो । सेन्सर बोर्डबाट प्रमाणपत्र पाएसँगै चलचित्र प्रदर्शनका लागि तयारी पुरा भएको निर्माण पक्षले जनाएको छ । यद्यपि चलचित्र प्रदर्शनको मिति भने अझै टुंगो नलागेको नायिका लामाले जानकारी दिइन् ।

यो वर्षको अन्त्यतिर प्रदर्शनको तयारी भए पनि मिति भने अझै तय भएको छैन । नायिका लामा अभिनित अन्य चलचित्र पनि यो वर्षको अन्त्यतिर प्रदर्शनको तयारीमा रहेकाले आफु निकै प्रेसरमा रहेको उनले बताइन् ।

पछिल्लो समय चलचित्र क्षेत्रमा चर्चा बटुल्दै गएकी नायिका लामाले हिरोजबाट निकै आशा राखेकी छन् । चलचित्रमा पूर्णिमाका साथै संजोग राणा, मुकेश ढकाल, करिश्मा मानन्धर, जय किशन बस्नेत, दिल कृष्ण श्रेष्ठ लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्