केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निजी तथा सामुदायीक विद्यालयमा एकरुपता आवश्यक : सहयात्रा सम्पादकीय

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय :  निजी विद्यालयको वर्गीकरण शिक्षा नियमावली २०५९ अनुसार नभई केही पालिकाले कर प्रयोजनका लागिमात्र वर्गीकरण गरेको देखिन्छ। शिक्षा नियमावली २०५९ मा भौतिक सुविधाको आधारमा संस्थागत विद्यालयहरूको वर्गीकरण गर्नुपर्ने उल्लेख छ । २०६८ सालमा जिल्ला शिक्षा कार्यालयमार्फत वर्गीकरण गरिएको थियो ।

 

पछिल्लो समय कोराना माहामारीका कारण देशको समग्र शैक्षिक स्तर खस्कीएको छ । भौतिक रुपमा विद्यालय बन्द भई अनिबार्य रुपमा प्रविधीको प्रयोगबाट मात्र कक्षा सञ्चालन गर्नु पर्ने जटिलता थियो ।

त्यो बेला सरकारी विद्यालयका विद्यार्थीसंग स्रोत र साधनको अभावका कारण कतिपय त शिक्षाको उज्यालो ज्योतिवाट बन्चित रहे । यता निजी विद्यालयको अभिवाभकहरुले आप्mना छोराछोरीको लागी सकि नसकि पुस्तक कलम र कापि संगसंगै प्रविधिको लागी मोबाइल, ल्यापटप, नेट जोहो गर्नै पर्ने बाध्यता थियो ।

समग्र विश्वनै कोरानाको दलदलमा फसिरहदाँ सवै व्यवसायहरु ठप्पको अबस्थामा भएका वेला केवल निजी विद्यालयहरुले कक्षा संचालन गराई व्यावसायलाई थेगिरहेको देखिन्थ्यो ।

यसले एकातर्फ अविभावकलाईे अनिवार्य स्रोत र साधन गुजारा गर्न भार परेता पनि सिंगो मानव जातिलाई कोरोनाले निलीरहदा बालबच्चालाई जेनतेन शिक्षा उपलब्द गराएको छु भन्ने अविभावकको मानस्पटलमा एक किसीमको मलम लगाइ नै रहेको थियो ।

पछिल्लो समय बाक्लिएको भबनको चापमा शहरीकरणका कारण च्याउसरी विद्यालय स्थापना हुने क्रमले समाजमा व्यापारीक प्रतिस्प्रदा नै चलेको देखिन्छ ।

गरीब र निमुखाले चाहि भोकभोकै धुलोमैलोका बावजुद पनि त्यहि सरकारी विद्यालयमा जानुपर्ने बाध्यता भईरहेको र यता निजी विद्यालयले भने आकर्षक भवन र भौतिक सेबा सुविधाका नाममा प्रतिस्प्रदा गरीनै रहेको देखिन्छ ।

यसरी महंगो फि आकर्षक भवन र विलासि सेवा सुविधाले कलीला बालबालीकाको शिक्षालाई भन्दा पनि बढि सामाजीक तडक भडकमा रुमलीएर शिक्षा नितीनै लोप हुने अवस्थामा पुग्दै गरेको पो छ की भनी आम नागरिकले बुझ्नु जरुरी छ ।

हाम्रा नानिहरुलाई शिक्षाको त्यो ज्ञान दिन सकियोस की दुख, संघर्ष, अभाव केहो ? निती, राजनिती कस्तो कुराहो ? मानिसलाई नैतिकताको ज्ञान किन आवश्यक हुन्छ ? पैसा र पसिनाको कस्तो महत्ब छ ? लयायतका ज्ञान आर्जन गर्न सकुन्, जुन विद्यालयबाटै सैद्धान्तिक रुपमा हासिल गरेका खुट्कीला चढ्दै स्तरीय बनाउदै उनीहरुले आर्जन गरेको शिक्षालाई जिबनमा प्रयोग गरी एक सक्षम योग्य र नैतिक गुणले भरिपुर्ण व्यत्तित्वको निर्माण गरीयोस ।

हाम्रा बालबालीकामा भैतिक सेबा सुविधामा भन्दा गुणस्तरीय शिक्षामा जोड दिनु जरुरी छ । विश्वसंगको प्रतिस्प्रदामा अब्बल बन्ने गरी पाठ्यक्रम लागु गर्न र देश र माटो सुहाउने शैक्षिक निती अबलम्बन गनुपर्ने जरुरी देखिन्छ । त्यसलाई निजी तथा सामुदायीक सम्पुर्ण विद्यालयमा एकरुपताका साथ लागु गरीनु आवश्यक हुन्छ ।

त्यसको लागी सरकारले निजी तथा सामुदायीक दुबै संस्थाका शिक्षकलाई विषयगत तालिम र योग्यताका आधारमा परीचालन गरी शिक्षा क्षेत्रलाई मजबुत पारी सम्रिद्धिका लागी एक धारीलो हतियारको रुपमा तिखार्नुपर्ने आजको आवश्यकता हो ।

२०६८ सालदेखि विद्यालयको वर्गीकरण हुन नसकेको अवस्था छ । यसरी भौतिकतालाई मात्र आधार नमानि शिक्षा नितीलाई एकरुपता दिने खालका निती तथा एजेन्डा बोकि समग्र विद्यालयलाई राष्ट्रियकरण गर्न सके समग्र देशको शैक्षिक प्रणालिमा एक रुपता ल्याई सम्पुर्ण स्तरका बालबालीका सामु गुणस्तरीय शिक्षाको पहुँच पुग्ने थियो । यसर्थ: अहिलेको अबस्थामा सरकारले देशलाई स्थिर राजनितीक अबस्थामा पुर्याई शिक्षा क्षेत्रमा जोड दिनुनै उत्तम विकल्प हो ।

प्रकाशित : 20 April, 2023

प्रतिक्रिया दिनुहोस्