आर्थिक संकटमा परी नेपाल वायु सेवा निगमले ऋणको ब्याज छुट माग्यो
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ७, आर्थिक संकटमा परेको नेपाल वायु सेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको जनाएको छ ।
कोरोना महामारीको कारणले पनि व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको हो ।
गत असार महिनायता ऋणबाफत् २ अर्ब ९४ करोड २८ लाख रूपैयाँ भुक्तानी गरिसकेको निगमले किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।
नेपाल वायु सेना निगमका प्रवक्ता रमेश पौडेलले आज जारी गरेको विज्ञप्तिमा निगमको अनुरोधबारे कोषसँग छलफल भइरहेको उल्लेख छ ।