नेम्वाङलाई चुनावी चुनौती दिंदै ७८ वर्षीय वृद्ध

सहयात्रा टिभी

काठमाण्डौं । ‘बुढाहरुले चुनाव जितेर केहि गरेनन् । अब युवाहरुलाई अवसर दिनु पर्छ’ भन्ने आवाज चर्को बनिरहेका बेला इलाममा भने ७८ वर्षीय वृद्ध आसन्न निर्वाचनको उम्मेद्वार बनेका छन् ।

जिल्लाको राजीनितमा समेत चर्चामा नआएका इलाम चुुलाचुली गाउँपालिका–३ हात्तीढुङ्गाका ७८ वर्षीय दलबहादुर राई चुनावमा उम्मेद्वार बन्ने आँट मात्र गरेका छैनन् । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ग र पूर्वराज्यमन्त्री केशव थापालाई चुनाव जितेर देखाई दिने बताइरहेका छन् । इलाम क्षेत्र नं २ बाट राष्ट्रिय जनता पार्टीका तर्पmबाट उम्मेद्वार बनेका उनी ज्येष्ठताकै आधारमा आफूले चुनाव जित्ने दावी गर्दैछन् । जिल्लाका उम्मेद्वारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राईका प्रमुख प्रतिष्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उनीभन्दा १४ वर्ष र नेपाली कांग्रेसका केशव थापा २० वर्ष कान्छा छन् ।  यस्तै, क्षेत्र नं २ को प्रदेशसभा (क) मा उम्मेद्वारी दिएकी संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुगेका छन् । उनी १५ वर्ष कान्छो उम्मेद्वार नेकपा एमालेका राम राना र  राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिष्पर्धा गर्दैछन् ।  जिल्लाका उम्मेद्वारमध्ये सबैभन्दा कान्छा क्षेत्र नं २ प्रदेशसभा (ख) मा संघीय समाजवादी फोरमबाट उठेका २६ वर्षीय मणिविक्रम लिम्बू छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट क्षेत्र नं १ को प्रदेशसभा (ख) मा २८ वर्षीय राजन चाम्लिङ उम्मेद्वार छन् । दुवै उम्मेदवार अविवाहित हुन् ।

सोही क्षेत्रमा नयाँशक्तिबाट उठेका २९ वर्षीय रामप्रसाद सञ्जेल र विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाको लागि क्षेत्र नं १ मा उम्मेद्वार बनेका २७ वर्षीय सचेन घले अविवाहित छन् । घले पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग प्रतिष्पर्धा गर्दै छन् ।  जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्पmका ५१ उम्मेद्वारमध्ये दुई जना मात्र महिला छन् । उनीहरू एउटै प्रदेशबाट उम्मेद्वार छन् । नेकपा (एमाले) का तर्पmबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालकातर्पmबाट लासाङ तामाङले क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा उम्मेद्वारी दिएका छन् ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्