बालिका करणीको आरोपमा बालक पक्राउ

सहयात्रा टिभी

पाँचथर । एक बालिकालाई करणी गरेको आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालिकाका एक बालक पक्राउ गरेका छन् । स्थानीय सात वर्षीया नाबालिकालाई गरेको भन्दै प्रहरीले बालकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको गौतमले बताए ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्